सर्लाहीमा लोभले लाभ, लाभले विलाप

मधेस प्रदेशको प्रदेश सभा सदस्यबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाह मेयरमा पराजित भएका छन् । स्थानीय तहको निर्वाचनमा मेयर बन्न उनले प्रदेशसभा सदस्य छाडेका थिए ।

सर्लाही,गोडैता नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट उठेका कुशवाह पराजित भएका हुन् । सर्लाही क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित उनी नेपाली काँग्रेसको मधेस प्रदेशका प्रमुख सचेतक थिए ।

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर स्थानीय तहमा उम्मेदवारी दिएका कुशवाह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देवेन्द्रकुमार यादवसँग ५४२ मतले पराजित भएका हुन् ।

यादव पाँच हजार २९४ मत ल्याएर निर्वाचित हुँदा कुशवाह चार हजार ७४२ मत ल्याएर पराजित भएका छन् ।

टिप्पणीहरू