तिब्बत मामिलासमेत हेर्ने अमेरिकी उपविदेशमन्त्री आज आउँदै

तिब्बत मामिलासमेत हेर्ने अमेरिकी उपविदेशमन्त्री आज आउँदै

अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा,लोकतन्त्र र मानवअधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जिया तीन दिने नेपाल भ्रमणमा आज काठमाडौं आउँदै छिन् । दलाइ लामालाई भेटिवरी उनी भारतको तीन दिने भ्रमण सकाएर काठमाडौं आउन लागेकी हुन् ।

जियासँगै युएसएआईडीकी एसिया मामिला हेर्ने उपसहायक प्रशासक अञ्जली कौरसहितको टोली पनि रहने छ । भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँण,प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

मन्त्री उज्रा तिब्बत मामिलासम्बन्धी अमेरिकी विशेष संयोजकको जिम्मेवारीमा समेत छिन् ।

टिप्पणीहरू