पश्चिमको नेपाल-भारत सिमानामा रजतप्रताप र आरती
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा काँग्रेस उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा काँग्रेसका रजतप्रताप साह र उपमेयरमा आरतीदेवी चौधरी छानिएका हुन् । साहको पक्षमा पाँच हजार ६०६ भोट आएको छ । यस्तै,उनका निकटतम प्रतिस्पर्धी राप्रपाका दिपक रजौरियाले चार हजार ११२ भोट पाएका छन् ।
उपमेयरमा काँग्रेसकी आरतीदेवी चौधरीले पाँच हजार ६९१ भोट ल्याइन् । उनकी प्रतिस्पर्धी जसपा नेपालकी आरतीसिंह यादवले तीन हजार २८२ मत पाइन् । १२ वडा रहेको उक्त नगरमा काँग्रेस र एमालेले तीन तीन वडा वडाध्यक्ष जितेका छन् । यस्तै, माओवादी र जसपाले दुई दुई वटा,राप्रपा र बहुजन शक्ति पार्टीले एक एक वटा वडा जितेका हुन् ।
टिप्पणीहरू