राप्रपाले आगामी शुक्रवार समीक्षा गर्ने

राप्रपाले आगामी शुक्रवार समीक्षा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तह निर्वाचनको समीक्षा गर्ने भएको छ । निर्वाचनमा प्राप्त उपलब्धी र देखिएका समस्याबारे समीक्षा गर्न जेठ १३ गते शुक्रबार कार्य सम्पादन समितिको बैठक बोलाइएको हो ।

काठमाडौँमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने राप्रपाले जानकारी गराएको छ ।

टिप्पणीहरू