दिनभर शहर घुमेर साँझमा पदभार
ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्यले भर्खरै पदभार ग्रहण गर्नुभएको छ । अहिले बेलुकी कार्यालय समय सकिनुभन्दा केही मिनेटअघि पदभार ग्रहण गर्नुभएको हो ।
मेयर र उपमेयरले पदभार ग्रहण गर्दा साँझको ५ बज्नै लागेको कर्मचारीहरुले बताएका छन् । उहाँहरुले आजै शपथ ग्रहण गर्नुभएको थियो । त्यसअघि गाडी चढेर विजय जुलुस निकाल्नु भएको हो । जुलुस पुल्चोकबाट शुरु भएर गाबहाल, सुन्धारा, बालुखा, जलविनायक हुँदै पुल्चोकमा आएर समापन भएको थियो ।
पर्सि शुक्रबार बिहान साढे ६ बजेबाट दोस्रो र्याली निकाल्ने बताइएको छ । पर्सि पनि र्यली पुल्चोकबाट शुरु भएर सातदोबाटो, सुनाकोठी, नखुडोलपुल, बुंगमती, बागडोल, सुन्दरीघाट, सानेपा र पाटनढोका हुँदै पुनः पुल्चोकमा आउने भनिएको छ । त्यो दिन मोटरसाइकल र गाडीको जुलुस निकालिने महर्जनको चुनाव प्रचार प्रसार कार्यालयले जनाएको छ ।
टिप्पणीहरू