कश्मिर क्रमशः फूलमा खुल्दाको कथा
फूलै—फूलको ‘संसार’मा कैयौँ मानिस रमाइरहेका छन् । उनीहरू मनोरम ‘ट्युलिप’मा खेल्न आउँछन् । हिउँले ढाकिएको हिमालय घुम्न आउँछन् । ‘डल’ तालमाथि तैरिन मन पराउँछन् ।
मानिसहरू प्राकृतिक सौन्दर्यको लागि यहाँ आउँछन् । ‘हिन्दू राजा र मुगल सम्राट’को इतिहास नियाल्न आउँछन् । नदी—नाला तर्दै पहाडको खोचसम्मै आउँछन् ।
आतंकवादले थलिएको श्रीनगर जुरमुराउँदै छ । जम्मु—कश्मिरमा फेरि एकपटक…