जीवनको रङ

​उनी आएपछि अरु अनुपस्थित

चलचित्र विकास बोर्डमा निकिता पौडेलको नियुक्तिसँगै सदस्यले मिटिङ बहिष्कार गर्न थालेका छन् । उत्तम केसी, नरेन्द्र महर्जनलगायतले बोर्ड बैठक बहिष्कार गर्दै आएका छन् । सदस्यको उपस्थिति नभएपछि अध्यक्षले सञ्चार मन्त्रालयका सहसचिव तथा बोर्ड सदस्य युवराज खतिवडा, अर्थ मन्त्रालयका सहसचिव डम्बर पराजुलीलगायतलाई डाकेर बोर्ड बैठक राखेकी हुन् । अध्यक्ष नियुक्त भएयता आधा दर्जन बढी बैठक बसिसकेको छ । उनी त्यहाँ नियुक्त हुँदादेखि नै उत्तम, नरेन्द्रहरूले स्वागत कार्यक्रमसमेत बहिष्कार गरेका थिए । यता, गोपीकृष्…