खेलकुद

धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन डोटीका सुभाषलाई जिम्मा

सरकारले धनगढीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको गठन आदेश २०६९ को दफा ६ (३) बमोजिम धनगढी उपनगरपालिका ५ मा उक्त मैदान बनाउने भनिएको छ । क्याबिनेटको हिजो बसेको बैठकले समितिको अध्यक्षमा सुभाष विक्रम शाहीलाई नियुक्त गर्ने निर्णय गरेको छ । शाही डोटी निवासी हुन् । समितिका सदस्यमा धनगढी उपमहानरपालिका ६ की कल्पना दियाकोटीलाई नियुक्त गरिएको हो ।

Page 16 of 23