गाउँपालिका भवनमा आगलागी, घटना शंकास्पद रहेको आशंका

गाउँपालिका भवनमा आगलागी, घटना शंकास्पद रहेको आशंका

डडेल्धुराको आलिताल गाउँपालिकाको कार्यालय भवनमा आगलागी भएको छ । आज बिहान ४ बजेको समयमा पालिकाको प्रशासन कक्षमा आगो लागेको हो ।

आगलागीबाट पालिकाको प्रशासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठाभित्रका केही कागजातसमेत जलेको छ । आलिताल प्रहरी चौकीका इञ्चार्ज भिमराज भट्टकाअनुसार बाहिर राखिएको सूचनापाटीमासमेत आगो लागेको छ ।

आगलागीको घटना शंकास्पद रहेको भन्दै प्रहरीले थप अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू