आफ्नै महिला कर्मचारीमाथि गिध्देनजर लाउने चिनियाँ जेल चलान

आफ्नै महिला कर्मचारीमाथि गिध्देनजर लाउने चिनियाँ जेल चलान

राजधानी नजिकैको एउटा कम्पनीमा कार्यरत नेपाली महिलामाथि जबरजस्ती गर्ने चिनियाँ नागरिकलाई हिजो जेल चलान गरिएको छ । गत फागुन अन्तिम साता चिनियाँ नागरिक लि छ्यानले २३ वर्षे नेपाली महिलालाई करणीको प्रयास गरेका थिए ।लि छ्यानले २३ वर्षे नेपाली महिलालाई करणीको प्रयास गरेका थिए ।

पासपोर्ट नम्बर इसी ०८४३६६२ नम्बरका लिमाथि यौन दुर्व्यवहार र जबरजस्ती करणी प्रयासको बात लागेको हो । उनले आफ्नै कारखानामा कार्यरत महिलामाथि उक्त प्रयास गरेका थिए । पीडित महिलाले गत फागुनमा घटना भएको दुई दिनपछि प्रहरीमा लिखित उजुरी दिनासाथ आरोपी चिनियाँ नागरिक फरार रहँदै आएका थिए ।

प्रहरीले दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशपछि उनी हिरासतबाट पुर्पक्षको निम्ति हिजै झ्यालखाना पुगेका हुन् । चन्द्रागिरी नगरपालिकाको वार्ड नम्बर ३ टोटिटोलस्थित चिनियाँ म्यानुफ्याक्चरिङ कम्पनीको हाताभित्रै चिनियाँले महिलामाथि उक्त प्रयास गरेका थिए ।

टिप्पणीहरू