त्रिशुली नदीमा पेट्रोलियम पाइपलाइन बिच्छाउन प्रस्ताव गर्दै पूर्वमन्त्री बालकोटमा
एमाले नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले हिजो साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग एक घण्टा लामो वार्तालाप गर्नुभएको छ । उहाँ संसद बैठकमा भाग लिएर त्यता जानुभएको हो ।
भक्तपुरको बालकोटस्थित ओली निवासमा अध्यक्ष र एमाले कार्यालय सचिव तामाङबीच साँझ पौने ७ बजेदेखि झण्डै ८ बजेसम्म कुराकानी भएको थियो ।
त्यसअघि उहाँले संसद बैठकमा प्रस्तुत पेट्रोलियम पदार्थमा भएको मूल्यबृध्दिसम्बन्धी सार्वजनिक प्रस्तावमाथिको छलफलमा भाग लिनुभएको थियो । उक्त प्रस्तावमाथि बोल्दै तामाङले भन्नुभयो, ‘चीनको तिब्बतस्थित केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशुली नदीमा पाइपलाइन बिछ्याइयोस् ।’
टिप्पणीहरू