पल शाहको पक्षमा पुण्य गौतमको नारा ‘पुरुष हिंसा बन्द गर’
तत्कालीन समयमा १६ वर्ष नपुगेकी बालिका तथा हालकी किशोरी गायिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको निम्ति जेल परेका अभिनेता पल शाहको पक्षमा राजधानीमा नारा लगाइएको छ । सँधै महिला हिंसाको विरोधमा कार्यक्रम आयोजना हुने माइतीघर मण्डलामा आज पुरुष हिंसाको विरोधमा नारा लगाइएको हो ।
पुण्य गौतम,जेरी ताम्राकारलगायत सामाजिक अभियन्ताहरूले शाहको रिहाई माग गर्दै नारा घन्काएका हुन् ।
उनीहरुले पुरूष अधिकार सुनिश्चित गर, न्यायालयको भ्रष्टाचार बन्द गर, निष्पक्ष न्यायपालिका हाम्रो चाहना, पल शाहलाई न्याय दे, पुरूष हिंसा बन्द गरलगायत चर्का नारा लगाएका थिए ।
टिप्पणीहरू