महन्थ र राजेन्द्रको उपेन्द्रलाई शर्त ‘हामीसँग मिल्ने हो भने सरकार छाड’

महन्थ र राजेन्द्रको उपेन्द्रलाई शर्त ‘हामीसँग मिल्ने हो भने सरकार छाड’

जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच फेरि पार्टी एकता वा गठबन्धनको चर्चा चलेको छ । दुई पार्टीबीच यसवारे अनौपचारिक छलफलसमेत चलेको छ ।

अघिल्लो वर्ष केपी ओली सरकारको पालामा दुई सातासम्म आफ्ना सांसद र नेता मन्त्री बने पनि नयाँ सरकार गठनपछि लोसपाको अवस्था सर्वाधिक गतिहीन देखिएको छ । नयाँ सरकार र सत्तारुढ गठबन्धनमा सामेल जसपालेसमेत स्थानीय तहको निर्वाचनमा अपेक्षा गरे जति ठाउँ जित्न नसकेपछि दुई दलबीच फेरि पार्टी एकताको विषयले चर्चा पाएको हो ।

सोही सन्दर्भमा लोसपाले जसपासामु नयाँ प्रस्ताव राखेको बताइन्छ । उक्त प्रस्ताव उद्धृत गर्दै जसपाका एक जना नेताले भने, ‘सरकार र पाँचदलीय गठबन्धन छाड्नुपर्छ । अन्यथा, एकता गर्नुको कुनै अर्थ छैन ।’

जसपा स्रोतले भने हुँदोखाँदोको सरकार छाडेर लोसपासँग लगनगाँठो कस्नुको कुनै औचित्य नदेखिएको बताएको छ ।

टिप्पणीहरू