सँगै गएका श्रीमानहरु अघिपछि गरेर फिर्ता,बुध्द छाडी अर्कै जहाज
जुम्लामा कार्यालयको कामले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र वरियतामा उहाँपछिका न्यायाधीश हरिकृष्ण कार्की एकैपटक गए पनि फर्कंदा अघिल्लो दिन र भोलिपल्ट पार्नुभएको छ । अस्ति न्यायाधीश हरिकृण कार्की एक दर्जन कर्मचारीसहित नेपाली सेनाको हेलिकप्टरमा राजधानी फर्कनुभएको थियो ।
हिजो भने बुध्द एअरको भर छैन भन्दै दीपक कार्की श्रीमान श्री एयरलाइन्सको नियमित उडानमा पाँच जनाको टोलीसहित नेपालगञ्जबाट फर्कनुभएको छ । उहाँ हिजो राति ८ बजे काठमाडौं आउनुभएको हो । यसअघि बमकुमार श्रेष्ठ श्रीमान पनि धनगढीबाट बुध्द एअरकै जहाजमा काठमाण्डौ आउँदा आउँदै मुटुको ब्यथा लाग्दा नेपालगन्जमा जहाज आकस्मिक अवतरण गराई सडकमार्ग भएर बल्लतल्ल राजधानी फर्कनुभएको थियो । हिजै मात्र पनि पर्यटन मन्त्री प्रेम आलेले नेपालका केही साहुजीमाथि यूरोपतिरबाट सस्तोमा सेकेन्ड ह्याण्ड जहाज ल्याई नाफाको धन्दामा लाग्ने गरेको आरोप लगाउनुभएको थियो ।
जुम्ला जाँदा कार्की श्रीमानहरु सँगै जानुभएको हो । उच्च अदालत जुम्लाको नवनिर्मित भवन उद्घाटनको निम्ति उहाँहरु गत सोमबार त्यसतर्फ जानुभयो र हुम्लासमेत पुगी हेलिकप्टरबाट कैलाश पर्वत अवलोकन गर्न भ्याउनुभयो ।
टिप्पणीहरू