माओवादी बैठकमा निर्वाचनको समीक्षा
नेकपा माओवादी केन्द्रको पूर्वस्थायी समिति बैठक बसेको छ । बैठक आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको हो ।
बिहान ९ बजेदेखि अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षासहित समसामयिक विषयमा सुक्ष्म विश्लेषण गरेको बताइएको छ ।
बैठकमा ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेताहरु दिनानाथ शर्मा , लिलामणि पोखरेल, हितमान शाक्य, सुरेन्द्र कुमार कार्की, वर्षमान पुन, नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेतलगायत सहभागी हुनुभएको हो ।
टिप्पणीहरू