९ मध्ये ७ को सनाखत

९ मध्ये ७ को सनाखत

रुपन्देहीमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये सात जनाको सनाखत भएको छ । दुई जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । मृतकमध्ये सनाखत भएकामा बुटवल–६ का ४० वर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का अन्दाजी ५६ वर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० वर्षीय दिनेश दास, बुटवल–११ कालिकानगरका अन्दाजी ४१ वर्षीय कृष्णप्रसाद बस्याल, ओमसतिया गाँउपालिका–४ का अन्दाजी ६५ वर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुलसी बस्याल र बुटवल–६ का ५० वर्षीय नागेन्द्र शर्मा हुन् ।

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु. २ ख ३८४१ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट खोलामा खसेको थियो । दुर्घटनामा चालकसहित घाइते भएका सबैको उपचार भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भइरहेको छ ।

टिप्पणीहरू