रिक्त पदमा शिक्षक पदपूर्ति गर्न नपाइने

रिक्त पदमा शिक्षक पदपूर्ति गर्न नपाइने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त पदमा शिक्षक पदपूर्ति नगर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ ।

केन्द्रले सबै स्थानीय तहलाई परिपत्र गर्दै रिक्त पदमा अहिले शिक्षक पदपूर्ति नगर्न निर्देशन दिएको हो । दरबन्दी मिलानको काम भइरहेकाले शिक्षक पदपूर्तिको काम नगर्न भनिएको छ ।केन्द्रले स्थानीय तहमा तहगत रुपमा तोकिदिएको दरबन्दीबाट हालसम्म फिर्ता पठाइसकेको दरबन्दी कट्टा गरी अब बाँकी रहने दरबन्दीमध्ये रिक्त दरबन्दी असार १५ गतेभित्र कट्टा गर्ने प्रयोजनका लागि केन्द्रमा पठाइदिन समेत निर्देशन दिएको छ ।

साथै, रिक्त दरबन्दी केन्द्रमा नपठाउने स्थानीय तहहरुको हकमा दरबन्दी बराबरको शिक्षकको तलब भत्ता निकासा नहुने भएकाले दरबन्दी केन्द्रमा पठाउने व्यवस्था गरी मिलान कार्य सम्पन्न गर्न आग्रह गरिएको हो ।

टिप्पणीहरू