रगतको मूल्य पनि बढ्यो
सरकारले रगतको मूल्य बढाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सबै रक्त सञ्चार केन्द्रलाई परिपत्र गर्दै रगतको मूल्य बढेको जानकारी गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत चैत २२ गतेको सचिवस्तरीय बैठकले रगतको मूल्य बढाउने निर्णय गरेको हो ।
अब प्रतियुनिट रगत सेवाशुल्कसहित आठसय १० देखि अधिकतम एक हजार ६४० कायम भएको प्रयोगशालाले जनाएको छ । यसअघि रगतको मूल्य प्रतियुनिट पाँचसय २५ रुपैयाँ थियो । प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पथ्र्यो । अहिले एकसय ५० रुपैयाँ कायम गरिएको छ । ३० रुपैयाँ पर्ने ट्रान्सफ्युजन सेटको मूल्य एक सय रुपैयाँ तोकिएको छ ।
टिप्पणीहरू