शौचालय दिन इच्छुकलाई सम्पर्कमा आउने सूचना
होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रुपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरिएको छ ।
काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायलाई सात दिनभित्र सम्पर्कमा आउन भनेको हो । गत जेठ १६ गतेको नगरकार्यपालिका बैठकले शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका निम्ति महानगर क्षेत्रभित्र रहेका होटललगायतका शौचालय प्रयोग दिने निर्णय गरेको थियो ।
इच्छुक व्यक्ति वा निकायलाई सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिल्ला समन्वय समिति वा प्रशासन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । काठमाडौंमा आवश्यकताअनुसार सर्वसुलभ सार्वजनिक शौचालय नभएपछि सरकारी वा निजी संघसंस्थाका शौचालयलाई नै सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्न लागिएको हो ।
टिप्पणीहरू