कच्चा निर्णय एक महिनामै खारेज,आइतबार बिदा बन्द

कच्चा निर्णय एक महिनामै खारेज,आइतबार बिदा बन्द

सरकारले जेठ १ गतेदेखि लागु गरेको आइतवारको सार्वजनिक बिदा आगामी असार १ गतेदेखि खारेज गर्ने भएको छ । भर्खर बसेको क्याबिनेट बैठकले उक्त निर्णय गरेको हो ।

सरकारले विशेषगरी सरकारी कार्यालयको सार्वजनिक खर्च कटौती गर्ने र पेट्रोलियम पदार्थको आयात र उपभोगलाई कम गर्ने भन्दै जेठ १ गतेदेखि आइतबारका दिन पनि सार्वजनिक बिदा दिन थालेको थियो ।

कुनै तयारी र अध्ययन बिना लागु गरिएको उक्त निर्णयको चौतर्फी आलोचना भएपछि आज सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

यसअघि सरकारका सहसचिव रुद्रमान तामाङ्गहरु रहेको बिदा अध्ययन कमिटीले आइतबारका दिन बिदा दिँदा मुलुकलाई फाइदा हुने ढंगले सिफारिस गरेको थियो ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/06/दुईदिने-बिदा-प्रतिवेदन-०७७-1.pdf” title=”दुईदिने-बिदा-प्रतिवेदन-०७७ (1)”]

टिप्पणीहरू