केपी ओलीलाई भेट्न दिनभर कोमल वली, आफ्नो भाइ अन्तरघातले हारेको लेखराज भट्टको रिपोर्टिङ

केपी ओलीलाई भेट्न दिनभर कोमल वली, आफ्नो भाइ अन्तरघातले हारेको लेखराज भट्टको रिपोर्टिङ

एमाले अध्यक्ष केपी शर्मा ओलीको अधिकांश समय स्थानीय तहको निर्वाचनपछि नेताहरुको गुनासो र आवेग सुन्नमै बित्न थालेको छ । हिजो पनि उहाँको निवास बालकोटमा एमालेका धेरै जना नेताले भेटघाट गरेर त्यस्तै असन्तुष्टि पोखेका छन् ।

प्रायःएक्लै भेट्ने गर्नुभएका ओलीले नेताहरुलाई एक घण्टाभन्दा बढी समय दिन थाल्नुभएको छ । पछिल्ला दिन माओवादी छाडेर एमालेमा बसेकाहरुले पनि चुनावमा एमालेका साथीहरुले आफ्ना उम्मेदवारलाई अन्तर्घात गरेको,पूर्व माओवादी भनेर हेला गरेको गुनासो सुनाउन थालेका छन् ।

हिजो बालकोटमा अध्यक्ष ओलीसँग उपाध्यक्ष ईश्वर पोखरेलले बिहान पौने १० बजेदेखि झण्डै दुई घण्टा भेट्नुभयो । त्यसपछि गायिका तथा पूर्व सांसद एवम् केन्द्रीय सदस्य कोमल वली उहाँलाई भेट्न त्यहाँ जानुभयो ।

वली बिहान सवा ११ बजे गएर दिउँसो सवा ३ बजे बल्ल निस्कनुभएको थियो । त्यसबीच अन्य नेता तथा पाहुनाले भेटे पनि वलीले अध्यक्षसँग बीच बीचमा छुस्स छुस्स भेटेर आफ्ना कुरा राख्नुभएको स्रोतको दाबी छ ।

त्यहिबीच एसियाली विकास बैंकका प्रमुख अर्नाउड कउहोइसले साढे ११ बजेदेखि सवा १ बजेसम्म भेट्नुभएको थियो । एसियाली विकास बैंकका प्रमुख त्यहाँबाट निस्केपछि विजय गुप्ताले साढे १ बजेको हाराहारीमा भेटेर आफ्ना कुरा राख्नुभएको ओलीका निजी सचिव राजेश बज्राचार्यले बताउनुभयो ।

गुप्ता अध्यक्ष ओलीलाई भेट्न सवा १२ बजे बालकोट पुग्नुभएको थियो । त्यसपछि निकै हतारमा त्यहाँ पुग्नुभएको नेता लेखराज भट्टले झण्डै डेढ घण्टा वार्तालाप गर्नुभयो । सो क्रममा भट्टले गत स्थानीय निर्वाचनमा कैलालीमा आफ्ना भाइलाई अन्तरघात गरेर पुराना भनिएका एमाले नेता तथा कार्यकर्ताले हराएको गुनासो गर्नुभएको बताइन्छ ।

टिप्पणीहरू