जेठमै नदीको बहाव बढ्ने चेतावनी, आवश्यक सतर्कता अपनाउन सल्लाह
यो वर्षको मनसुन सुरु हुँदै गर्दा मुलुकका केही नदीमा पानीको बहाव बढ्ने चेतावनीयुक्त जानकारी दिइएको छ । जल तथा मौसम विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन भनेको छ ।
जसअनुसार आज प्रदेश नम्बर १ को इलाम, पाँचथर, संखुवासभा बाग्मतीको दोलखा, गण्डकीको लमजुङ, कास्की र आसपासका नदीहरुमा बहाव बढ्ने महाशाखाले जनाएको हो ।
केही नदीमा आकस्मिक बहावसमेत हुन महाशाखाको पूर्वानुमान छ । ती जिल्ला भई बहने स–साना नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।
आगामी तीन दिनसम्म कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य मात्र बढ्ने पूर्वानुमान गरिएको छ ।

टिप्पणीहरू