रक्सीको नशामा छोरी पनि छोडेनन् पातकीले

रक्सीको नशामा छोरी पनि छोडेनन् पातकीले

रक्सीले मातिएका एक बाबुले घरमा कोही नभएको मौका पारेर आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेका छन् । लमजुङका ४५ वर्षीय ती पुरुषले स्थानीय चुनावका बेला दुई पटकसम्म आफ्नै १६ वर्षीया छोरीलाई जवर्जस्ती गरेका हुन् ।

छोरीलाई बलात्कार गरेको आरोपमा उनलाई राइनासबाट प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकाले नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले बताएको छ ।

अस्ति बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका उनलाई लमजुङ जिल्ला अदालतबाट हिजो सात दिने म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रारम्भिक बयानकै क्रममा उनले दुई पटकसम्म करणी गरेको स्वीकार गरेको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए ।

प्रहरीका अनुसार रक्सी सेवन गरी स्थानीय चुनावका बेला र चुनावपछि समेत गरी आफूलाई दुईपटक करणी गरेको पीडितले बयान दिएकी छन् ।

टिप्पणीहरू