सुन्दरीहरुको फेशन डिजाइन गर्ने टोलीमा को को ?

सुन्दरीहरुको फेशन डिजाइन गर्ने टोलीमा को को ?

आगामी असार ४ गते हुने मिस नेपाल वल्र्ड २०२२ का प्रतिस्पर्धीहरु विभिन्न पहिरनमा सजिन थालेका छन् । उनीहरु प्रशिक्षणमा रहेको बताइएको छ ।

यस पटकको प्रतियोगितामा २४ जना सुन्दरीहरु छानिएका छन् । प्रतियोगिताको ‘ओपनिङ राउण्ड’ लाई ध्यानमा राखेर उनीहरुले आफू सुहाउँदो पहिरन लगाएर फोटो र भिडियो खिचाउन थालेको बताइन्छ ।

उनीहरु इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी) बाट फेसन डिजाइनिङमा स्नातक गरेका डिजाइनरहरुले तयार पारेको पहिरनमा देखिने छन् ।

सुन्दरीहरुको यस पटकको फेसन डिजाइन गर्नेमा पेशल खड्का, पम्फा श्रेष्ठ मगर, संगीत आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाही हुन् ।

उनीहरुलाई विपना थापा र सविन ढुंगानाले निर्देशन गरिरहेका छन् ।

टिप्पणीहरू