चीनमा गहुँ बालीको सिजन

चीनमा गहुँ बालीको सिजन

चिनियाँ किसानले यो वर्षको गहुँ काट्न शुरु गरेका छन् । हालसम्म ५५ प्रतिशत गहुँ काट्ने काम सकिएको त्यहाँको कृषि तथा ग्रामीण मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार करिब ११ करोड १३ लाख हेक्टर खेतीयोग्य जमिनमा लगाइएको गहुँ भित्र्याउने काम थालिएको हो ।

मे २८ देखि शुरु भएको यो वर्षको गहुँ काट्ने सिजनमा हालसम्म दक्षिणपश्चिम चीनको सिचुआन र मध्य चीनको हुपेई प्रान्तमा गहुँ भित्र्याउने कार्य लगभग समाप्त भएको छ । अन्यमा शान्सी, शानदोङ, सान्सी र हपेई प्रान्तमा पनि चाँडै सकिने बताइएको छ ।

स्रोतः सिन्ह्वा

टिप्पणीहरू