सप्तरीमा माइक्रोबस दुर्घटना : एकको मृत्यु, १० घाइते
सप्तरीको रुपनीस्थित मुसहरनीयामा भएको माइक्रोबस दुर्घटनामा एक जनाका ज्यान गएको छ । स्थानीय रुपनीमा माइक्रोबस पल्टिँदा एक जना महिलाको मृत्यु भएको छ भने १० जना यात्रु घाइते भएका हुन् ।
मृत्यु हुनेमा रुपनी गाउँपालिका–१ रायपुरकी ६८ वर्षीया तारावतीदेवी यादव हुन् । प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारार्थ राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको उनको उपचारको क्रममा मृत्यु भएको हो ।
लहानबाट राजविराजतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०२७७ नम्बरको माइक्रोबस राजमार्गबाट गहिरोभागमा पल्टिएको थियो ।
टिप्पणीहरू