साना विद्यार्थीले पढ्ने पुस्तकको अनुगमन गर्न निर्देशन
विद्यार्थीहरुको पाठ्यपुस्तक मुलुकभरका विद्यालयमा पुगे वा नपुगेको बारे अनुगमन गर्न केन्द्रबाट निर्देशन दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले त्यस्तो निर्देशन दिएको हो ।
केन्द्रको शिक्षा विकास तथा समन्वय एकाइलाई स्थानीय तहसँग समन्वय गरेर विद्यालयमा पाठ्यपुस्तक उपलब्ध भए–नभएको अनुगमन गर्न निर्देशन दिइएको बताइएको छ ।
केन्द्रले आज जारी गरेको सूचनामा विद्यालयहरुमा पुस्तक पुगे वा नपुगेको अनुगमन गरी सोको प्रतिवेदन शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रमा पठाउन निर्देशन दिएको छ ।
चालु शैक्षिक वर्षका लागि विद्यालय शिक्षा कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक निजी मुद्रक तथा वितरक र कक्षा ४ देखि माथिका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र, लिमिटेडबाट छपाइ तथा वितरण भइरहेको छ ।
साथै, विद्यालय तहका पाठ्यपुस्तकको डिजिटलप्रति केन्द्रको वेवसाइटमा राखिएको पनि जानकारी दिइएको छ ।
टिप्पणीहरू