दुई जना शाहबीच सार्वजनिक शौचालयमा सहमति
नबिल बैंकले काठमाडौं महानगरपालिकाभित्र रहेका आफ्ना तोकिएका शाखाका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने निर्णय गरेको छ । बैंकले १८ वटा शाखाका शौचालय सर्वसाधारणलाई निःशुल्क उपलब्ध गराउने भएको हो ।
बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने भनिएका ती सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानको व्यवस्था संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत व्यहोर्ने जनाएको छ । बैंकले नै शौचालयको नियमित मर्मत, सम्भार र सरसफाई गर्ने लिखित प्रतिबद्धता जनाएको छ ।
पाँच वर्षको लागि गरिएको उक्त सम्झौताबमोजिम अब काठमाडौं महानगरले शौचालय सार्वजनिक प्रयोगको निम्ति सूचनासहितको संकेतबोर्ड राख्ने छ । उक्त सहमति नबिल बैंकका कार्यकारी निर्देशक अनिलकेशरी शाह र महानगरका नवनिर्वाचित मेयर बालेन साहबीचको उपस्थितिमा भएको हो ।
सीईओ शाह अबको १२ दिनपछि नबिल बैंकबाट अवकाश हुँदैछन् भने मेयर साहले पाँच वर्षे कार्यकाल भर्खर थालेका छन् ।
टिप्पणीहरू