जनक शिक्षा खारेज गर्न र निजी क्षेत्रलाई किताब छाप्न दिन एमाले सांसदको माग

जनक शिक्षा खारेज गर्न र निजी क्षेत्रलाई किताब छाप्न दिन एमाले सांसदको माग

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद नवीना लामाले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड खारेजीको माग गरेकी छन् ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बेलैमा पाठ्यपुस्तक छाप्न र विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने जनक शिक्षा सामाग्री केन्द्र खारेज गर्नुपर्ने बताएकी हुन् ।

‘अहिले कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव छ । जनक शिक्षाले बेलैमा पाठ्यपुस्तक छाप्न र वितरण गर्न सक्दैन भने किन लगानी गर्ने ? किन खर्च गर्ने ? उनीहरु जवाफदेही हुनुपर्दैन,’ उनले भनिन्, ‘पाठ्यपुस्तक दिन नसक्ने जनक शिक्षा खारेज गरौँ । अब निजी क्षेत्रलाई पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मा दिऔँ ।’

नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छ्रैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको औचित्यमाथि प्रश्न उठेको हो ।

टिप्पणीहरू