शवदाह गृह नबनाउन उच्च अदालतको आदेश, मान्छे पोल्ने मेशिनमा एभरेष्ट बैंकको विशेष चासो

शवदाह गृह नबनाउन उच्च अदालतको आदेश, मान्छे पोल्ने मेशिनमा एभरेष्ट बैंकको विशेष चासो

शंखमूलमा विद्युतीय शवदाह गृह निर्माण गर्ने ललितपुर महानगरपालिकाको तयारीलाई उच्च अदालत पाटनले रोक लगाइदिएको छ । महानगरपालिकाले झण्डै साढे दुई करोड लागतमा वर्ष दिन अगाडि नै महानगरपालिकाको वडा नम्बर ११ शंखमूलमा विद्युतीय शवदाह गृह निर्माण योजना अघि बढाएपछि स्थानीयहरु उक्त कदमविरुद्ध उच्च अदालत पाटन पुगेका हुन् ।

उच्च अदालत पाटनको बुधबारको इजलासले शंखमूलमा विद्युतीय शवदाह गृह निर्माण गर्ने योजनामा रोक लगाइदिएको हो । चलनचल्तीको मूल्यभन्दा बढीमा जग्गा खरिद गरी त्यहाँ शवदाह गृह निर्माण गर्ने प्रक्रिया अघि बढाएपछि स्थानीय जनता उक्त कदमविरुद्ध उच्च अदालत पाटनमा पुगेका हुन् ।

हिजो उच्च अदालतका न्यायधीशद्धय टेकबहादुर ढुंगना र अमृत बस्नेतको संयुक्त इजलासले महानगरपालिकाको सो कदममा ‘ब्रेक’ लगाइदिएको हो । विद्युतीय शवदाह गृह निर्माण गर्न महानगरपालिकालाई एभरेष्ट बैंकले समेत सहयोग गरेको महानगरपालिका स्रोतले जनाएको छ ।

पालिका स्रोतका अनुसार शंखमूलमा शवदाह निर्माण गर्न बैंकले ८७ लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको छ । अहिले उक्त शव पोल्ने मेसिन वीरगञ्ज भन्सार कार्यालयमा अलपत्र परेको छ ।

टिप्पणीहरू