पृथ्वी राजमार्ग खुल्न समय लाग्ने
पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी खुल्न अझै केही समय लाग्ने भएको छ ।
चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोलास्थित ५० मिटर आसपासको छेउका २ स्थानमा पहिरो झरेका कारण अवरुद्ध राजमार्ग खुल्न केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीले जानकारी दिए ।
‘अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो झर्नेक्रमसमेत नरोकिएका कारण सडक खुलाउन प्रयास भइरहेता पनि समस्या आएको छ,’ प्रवक्ता अधिकारीले भने, ‘पहिरो हटाई दुईतर्फी सवारी संचालन हुन अझै समय लाग्छ ।’
सडक खुलाउन दुई ओटा जेसिबी प्रयोग भइरहेको उनले बताए । पहिरो झरी राती सवा ११ बजेबाट अवरुद्ध भएको सडकमा सवारी आवागमन पूर्णरुपमा ठप्प छ । जसका कारण सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मुवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् ।
टिप्पणीहरू