चितवन जिससको चुनाव आगामी मंगलबार, गोलाप्रथाको सम्भावना

चितवन जिससको चुनाव आगामी मंगलबार, गोलाप्रथाको सम्भावना

जिल्ला समन्वय समिति (जिसस) को निर्वाचन आगामी मंगलबारका लागि तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार जेठ ३१ गते बिहान १० देखि दिउँसो १२ बजेसम्म मतदान हुने छ ।

जेठ २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मतदाता नामावली प्रकाशन र जेठ ३० गते बिहान १० देखि ११ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने निर्वाचन कार्यक्रम छ ।

सोमबार उम्मेदवारको सूची प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी, मनोनयनपत्रको जाँच र उजुरी उपर निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

सोमबार नै उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ । जिल्लामा सात वटा पालिका छन् । पालिका प्रमुख र उपप्रमुख मतदाता रहने जिसस गठनका लागि बहुमत पुर्याउन आठ मत चाहिन्छ । यसपटक सत्तागठबन्धनमा आबद्ध दल र एमालेको बराबर सात मत रहेको छ । निर्वाचनमा बराबर भोट आए गोलाप्रथाबाट बिजेता घोषणा गरिन्छ ।

टिप्पणीहरू