थप सरकारी कर्मचारी र पदाधिकारी भ्रष्टाचारमा मुछिए

थप सरकारी कर्मचारी र पदाधिकारी भ्रष्टाचारमा मुछिए

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतमसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

कर्मचारी पदपूर्ति गर्ने क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियतपूर्ण ढंगले न्यून एवम् अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाई अयोग्य आवेदकको दरखास्त प्रमाणित गरी गलत प्रतिवेदन स्वीकृत गरेको आरोपमा अख्तियारले आज अभियोगपत्र दर्ता गरेको हो ।

गौतमसहित तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओली पनि भ्रष्टाचार मुद्दामा तानिएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २०७२ असोज २ गते कृषि प्राविधिक र लेखापाल पदमा निवेदन आह्वान गरेको थियो ।

टिप्पणीहरू