तनहुँमा राजमार्ग भासियो, सयौं सवारी साधन रोकिए
तनहुँमा पृथ्वी राजमार्ग भत्किएको छ । लगातारको वर्षापछि सडक भासिएको हो । आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित मस्र्याङ्दी जलविद्युत परियोजनाको ड्याम नजिक सडक भासिएको छ ।
गए रातिदेखिको मुसलधारे वर्षाका कारण सडक भासिँदा सवारी आवागमन अवरुद्ध भएको छ । प्रहरीका अनुसार उक्त क्षेत्रमा झण्डै ३० मिटर सडक तल खसेको कारण तत्काल सडक सुचारु हुन नसक्ने देखिएको हो ।
टिप्पणीहरू