बालबालिकालाई पनि बुस्टर डोज

बालबालिकालाई पनि बुस्टर डोज

सरकारले आजबाट बालबालिकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिन थालेको छ । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पूर्णमात्रा खोप लगाएर तीन महिना पुगेकालाई बुस्टर डोज दिइनेछ ।

यो उमेर समूहका बालबालिकालाई मोडर्ना तथा फाइजर खोप बुस्टरका रुपमा दिने मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा जुन खोप लगाएको हो, त्यही खोप दोस्रो चरणमा लगाउनुपर्नेछ ।

यसअघि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गत पुस ४ गतेदेखि कोरोनाविरुद्धको फाइजर र मोडर्ना खोप दिइएको थियो ।

पहिलो खोप सञ्चालन गरेको केन्द्र वा वडा कार्यालयमा गएर खोप लगाउन सकिनेछ ।

टिप्पणीहरू