सत्ता गठबन्धनबाट ज्यानको असुरक्षा भएको भन्दै संसदमा माननीयको हारगुहार
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद चन्दा चौधरीले आफूमाथि सत्तारुढ दलसंवद्ध व्यक्तिबाट आक्रमणको प्रयास भएको भन्दै संसदमा हारगुहार गरेकी छन् ।
स्थानीय तह निर्वाचनको सन्दर्भमा वैशाख २७ गते गठबन्धन दलका एक जना उम्मेदवारसहितको समूह आफ्नो घर गएर आक्रमणको प्रयास गरेको उनको दाबी छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद चौधरीले दोषीमाथि कारवाहीको मागसमेत गरेकी छन् ।
उनले आफ्नी आमामाथि पनि दुर्व्यवहार भएको बताइन् । आफू र आफ्नी ८० वर्षीया आमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रियाबारे सदनमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने सांसद चौधरीको माग छ ।
२७ वर्षदेखि आफ्नो परिवारमाथि आक्रमण भइरहेको भन्दै उनले २७ वर्षअघि बेपत्ता बनाइएको दाइबारे अझै पत्तोपत्तो नरहेको बताइन् ।
टिप्पणीहरू