हाकिमकी श्रीमती मिटर ब्याजमा मस्त, स्वकीय सचिव भान्छे

हाकिमकी श्रीमती मिटर ब्याजमा मस्त, स्वकीय सचिव भान्छे

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृहमन्त्रालयका हाकिमका श्रीमती र आफन्तहरू मिटर ब्याज कारोबारमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् ।

संसद्को रोष्ट्रममा उभिएर उनले सरकारले मिटर ब्याज नियन्त्रण गर्ने भने तापनि गृह मन्त्रालयका हाकिमका श्रीमतीदेखि नातागोतासमेत मिटर ब्याजको कारोबारमा संलग्न रहेको दाबी गरेका हुन् ।

कानुन हातमा लिएर यस्ता गलत कार्य गर्ने ठूलाबडा नै रहेको भन्दै सांसद सुवालले गृह प्रशासनका हाकिमका श्रीमतीले नक्कली सुराकी बनाएर कमिसन लिइरहेको समेत बताए । कतिपय पदाधिकारीहरुले स्वकीय सचिवलाई भान्छे राखेर रकम आफैँले बुझेको समाचार आइरहेको उनको भनाइ छ ।

टिप्पणीहरू