सभामुखले भन्नुभयो ‘माननीय सदस्यहरू मेरो ध्यानाकर्षण भएको छ’

सभामुखले भन्नुभयो ‘माननीय सदस्यहरू मेरो ध्यानाकर्षण भएको छ’

सभामुख अग्निप्रसाद सापकोटाले किसानलाई समयमै मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सरकारलाई मलको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरु खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा तपाईंहरुले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ । यथाशीघ्र कृषकहरुलाई मल उपलब्ध हुन सक्नेगरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवम् नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’

बैठकको शून्य समयमा बोल्ने सांसदहरुले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गरेका थिए ।

टिप्पणीहरू