सोनिया गान्धीलाई अस्पताल लगियो
कोभिडसम्बन्धी समस्याका कारण भारतीय कंग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीलाई अस्पताल भर्ना गरिएको छ । ‘पूर्व प्रधानमन्त्री स्व.राजीव गान्धीकी धर्मपत्नी सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण गङ्गाराम अस्पतालमा भर्ना गरिएको हो । उनको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुरजेवालाले ट्वीटमा भनेका छन् ।
सोनियालाई केही दिनअघि कोभिड पोजिटिभ देखिएको थियो । कोभिड संक्रमण देखिएपछि उनी चिकित्सकको निरन्तर निगरानीमा आफ्नै निवासमा आइसोलेसनमा रहेकी थिइन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको कांग्रेस (आई)ले जनाएको छ ।
टिप्पणीहरू