क्याबिनेट छाड्ने बेलामा मन्त्रीको पञ्चवर्षे रणनीतिक योजना सार्वजनिक

क्याबिनेट छाड्ने बेलामा मन्त्रीको पञ्चवर्षे रणनीतिक योजना सार्वजनिक

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक पाँच वर्षे रणनीतिक योजनालाई अन्तिम रुप दिन लागेको छ । आगामी आर्थिक वर्षदेखि २०८३/०८४ सम्म सम्पादन हुने विभिन्न क्रियाकलापलाई समेटेर पाँच वर्षे रणनीतिक योजना तयार पारिएको हो ।

मन्त्रालयबाट सम्पादन हुने क्रियाकलापको मार्गदर्शन गर्न र कामलाई नतिजामूलक बनाउन पाँच वर्षे रणनीतिक योजना तयार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताउनुभएको छ । विभिन्न सरोकारवाला निकाय र पक्षसँग गरिएको छलफल र सुझावलाई समेटेर उक्त योजनालाई अन्तिम स्वरूप दिइने श्रेष्ठको भनाइ छ ।

रणनीतिक योजनामा आन्तरिक रोजगारी प्रवर्धन,वैदेशिक रोजगार व्यवस्थापन,श्रम सम्बन्ध तथा व्यवसायजन्य सुरक्षा,व्यवसायिक सीप विकास तालिम, योगदानमा आधारित सामाजिक सुरक्षा, सुशासन प्रवर्धन तथा श्रम कूटनीति गरी छ वटा स्तम्भ राखिएको छ ।

श्रम सम्बन्ध तथा व्यवसायजन्य सुरक्षातर्फ श्रम प्रशासनसँग सम्बन्धित कानूनहरुलाई समसामयिक बनाउने, श्रमको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, असल औद्योगिक श्रम सम्बन्ध कायम गर्ने, श्रम अभ्यासलाई मर्यादित बनाउँदै श्रमशक्तिको विविधताको अधिकतम उपयोग गर्ने, बालश्रम निवारण गुरुयोजना२०७५–२०८५ को कार्यान्वयन गर्ने विषयलाई समेटिएको छ ।

पाँच वर्षभित्र प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् वार्षिक चार लाख रोजगारी सिर्जना गर्नेलगायतका विषयलाई पनि योजनामा उल्लेख गरिएको हो ।

टिप्पणीहरू