कांग्रेस–महन्थ गठबन्धन केका लागि ?
‘लोसपा (साइकल), एमाले (सूर्य) तथा जनमत (लाउडस्पिकर) वा जसपा (छाता) हरूले मोही माग्ने ढुंग्र्रो लुकाउने काम बन्द गरून् ! र, यदि विमलेन्द्र निधिलाई फेरि हराउने अथवा उनको टिकट खोस्ने प्रयोजनका निम्ति कांग्रेस सभापति देउवालाई लोसपासँग गठबन्धन गर्नै पर्ने बाध्यता आएको हो भने डडेलधुरा र धनगढीमा पनि कांग्रेस बिपी (करूवा) वा एमाले वा यस्तै कुनै दलसँग गठबन्धन गर्नै पर्ने बाध्यता हामी मधेशीलाई पनि लागेको छ !’
‘पलटी/पलटी मार्नु’
आफ्नै वडामा विभिन्न दलका केहीलाई पल्टी मारिरहेकाहरु यसपटक मैले जनमत, लोसपा, एमाले सबैतिर देखें । महोत्तरीको मनरा–सिस्वा, वडा नं. ३ (सोनौल) मै ‘पल्टी मार्ने’ प्रवृत्ति हामीले एमाले, जनमत अनि लोसपामा पायौं !यस्तो ‘पल्टीमार मतदाता’बाट कसरी दलको लोकप्रियता नाप्ने दुनियाँले ?
अनिल कपुरद्वारा अभिनित ‘नायक’ हिन्दी चलचित्रमा सहअभिनेता परेश रावलले यस्ता ‘पल्टीमार मतदाता’ अर्थात्, पैसामा मत बेच्नेबारे टिप्पणी गर्दै सिएम (मुख्यमन्त्री) लाई भन्छन् : ‘यिनीहरूको गरिबी कहिल्यै जाने छैन किनकि ५ वर्षमा चुनाव हुन्छ र त्यो मत यिनीहरूले १०००/२००० रूपैयाँमा बेच्छन्, जसलाई ३६५ दिनको वर्षको दरले १,८२५ दिनमा १०००/२००० रूपैयाँ भाग गर्दा एक जनाको टाउकोमा दिनको ५० पैसा पनि पर्न आउँदैन अनि यस्तो तालले ५–६ जनाको परिवारलाई कसरी पाल्ने, गरिबी कसरी हटाउने ?’
यी दलले चुनावी समीक्षा गर्दा बरू यी कुरा मन्थन गरून् ः टिकट कस्ता पात्रलाई दिइयो ? लोसपाले संघीयता, गणतन्त्र र लोकतन्त्रविरोधी केपी ओली नेतृत्वको पार्टीसँग मेलजोल गर्नुपर्ने कारण के थियो ? उपेन्द्र यादवले ‘यादव’ र परिवारवाद लादेर मधेशमा आफैंविरूद्ध वितृष्णा किन जन्माएको ?
जसले आफ्नै पार्टीको सांसदको सुरक्षा गर्न सक्दैन, महोत्तरी ३ नं. क्षेत्रकै डा. सुरेन्द्र यादवलाई एमालेका महेश बस्नेत, किसान श्रेष्ठ र सर्वेन्द्र खनालले घरबाट उठाए भने उक्त पार्टीलाई अब किन र कसरी पत्याउने ? मधेशवादी दलहरूको कांग्रेस, एमाले, माओवादी, राप्रपा, जनमोर्चा आदि दलभन्दा खासगरी चुनावको बेला ‘फरकपन’ के रह्यो ? आदि इत्यादि !
एउटा भनाइ छ ‘मोहब्बतका जख्म है और उसका इन्तजार भी !’ सुध्रौं हो मधेशवादी दलहरू, बल्ल अन्य दलका मधेशीले पनि पत्याउने छन्, विगतमा जनताले पत्याएकै हुन् तर धोखा पटकपटक जनतालाई दिइयो । अब लोसपा (साइकिल) ले कांग्रेससँग गठबन्धन गर्ने रे ! किन ? तिनका नेताहरूलाई संसद् र प्रदेशमा जिताइदिनलाई ?
कांग्रेसले महोत्तरीबाट २०७४ सालमा कांग्रेसका जिल्ला अध्यक्ष बजरंग नेपालीलाई ब्याक गराएर तत्कालिन राजपा अध्यक्ष महन्थ ठाकुरलाई जितायो भने केपी ओलीको प्रिय राजपाका राजेन्द्र महतोले सर्लाहीमा कुनै विकास नगरेर धनुषा गई कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई हराइदिए !
अब पनि कांग्रेसले ‘गाई मारेर गधा पोस्ने काम किन गर्ने ? कम्तीमा ०७४ सालताका ‘मधेशमा एमालेलाई पस्नै नदिने कसम खाएका राजेन्द्र महतो र एमालेजस्ता एक–अर्काका जानी दुश्मनलाई के–कस्तो परिस्थितिमा कसले फेविकोल लगाएर टाँस्यो, आमजनताले जवाफ पाउनुप¥यो कि परेन पहिला ? र, यदि कांग्रेस नेतृत्वले बलजफ्ती कांग्रेसी मधेशी कसैलाई ‘शहीद’ बनाउन गठबन्धन ग¥यो भने स्थानीय कांग्रेसीजनले किन मान्नुपर्ने ?
टिप्पणीहरू