भारतीय कार्यवाहक राजदूत खुमलटारमा

भारतीय कार्यवाहक राजदूत खुमलटारमा

पछिल्ला दिनमा सिंहदरबारमा विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरुलाई भेट्दै आएकी नेपालका लागि भारतीय कार्यवाहक राजदूत आज खुमलटार पुगेकी छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटको निम्ति राजदूत खुमलटार पुगेकी हुन् ।

खुमलटारस्थित दाहाल निवासमा अध्यक्ष र कार्यवाहक राजदूत नाम्ग्या सी खाम्पाबीच भेटवार्ता भएको हो । बिहान आफ्नै निवासमा ब्रेकाफास्ट खाएपछि खुलमलटार पुगेकी राजदूतसँगको भेटमा अरु कोही पनि उपस्थित नभएको बताइन्छ ।

भेटघाट र कुराकानी झण्डै आधा घण्टा भएको हो ।

टिप्पणीहरू