पोर्चुगलको टिकट काट्न ३३ लाख लिएर फरार
पोर्चुगल पठाउने भन्दै साढे ३३ लाख हात पारेर भागेका एक व्यक्ति समातिएका छन् । काठमाडौँको बालुवाटार घर भइ ग्राण्डी बस्ने रोजिन प्रजापति भनेर चिनिने रोजित श्रेष्ठलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध पोर्चुगल पठाइदिने भन्दै एक ठगेको अभियोग लगाइएको छ । तनहुँको बन्दिपुर गाउँपालिका-२ स्थायी ठेगाना भइ म्हेपी बस्ने सुकमाया गुरुङले दिएको जाहेरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले श्रेष्ठलाई समातेको हो ।
सामान्य चिनजानका क्रममा श्रेष्ठले आफूलाई विश्वासमा पारेर श्रेष्ठले रकम हत्याएको पीडितको भनाइ छ । पीडित महिलाका अनुसार आफूलाई संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्थाको केन्द्रीय अध्यक्षका रुपमा चिनाएर त्यहि संस्थाको सेमिनारमा पोर्चुगल पठाइदिने आश्वासन श्रेष्ठले दिएका थिए ।
परिवारसहितलाई पोर्चुगल पठाइ दिने विश्वास पाएपछि सुकुमायाले आठ जनाको हवाई टिकेटका लागि श्रेष्ठलाई ३३ लाख ५० हजार रकम दिएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।
पीडित पक्षको जाहेरी अनुसार अनुसन्धान गर्दा हवाई टिकट तथा भिषाहरु नक्कली भएपछि आरोपी श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अहिले उनलाई आवश्यक कानुनी कारवाहीको लागी जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
टिप्पणीहरू