ललितपुरले नयाँ नक्सा दर्ता नगर्ने

ललितपुरले नयाँ नक्सा दर्ता नगर्ने

ललितपुर महानगरपालिकाले नयाँ नक्सा दर्तासम्बन्धी काम स्थगित गरेको छ । महानगरले आगामी असार १५ गतेसम्मका लागि नयाँ नक्सा दर्ता नगर्ने निर्णय गरेको हो ।

बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी संशोधित मापदण्ड कार्यान्यवनका लागि जेठ १८ गते सूचना जारी गर्दै महानगरले आजसम्मका लागि नयाँ नक्सा दर्तासम्बन्धी कार्य स्थगित गरेको थियो ।

तर, तोकिएको समयमा पनि इबिपिएसमा समावेश तथा दर्ता प्रक्रियामा रहेका नक्सा दर्तासम्बन्धी कार्य नसकिएकाले नयाँ नक्सासम्बन्धी कार्य फेरी रोक्नुपरेको महानगरले आज जारी गरेको सूचनामा उल्लेख छ ।

बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ संशोधन गरी गत जेठ १६ गते राजपत्रमा प्रकाशित गरेको थियो । महानगरले यसबाट पर्ने असुविधाका लागि क्षमासमेत मागेको छ ।

टिप्पणीहरू