गृहमन्त्री खुमलटार पुगेर निस्कनुभयो

गृहमन्त्री खुमलटार पुगेर निस्कनुभयो

गृहमन्त्री बालकृष्ण खाँण भर्खरै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासबाट बाहिरिनुभएको छ । उहाँ अध्यक्ष दाहालसँग कुराकानी गरेर फर्कनुभएको हो ।

मन्त्री खाँण अध्यक्ष दाहाललाई भेट्न आज बिहान त्यहाँ जानुभएको हो । उहाँहरुबीच ४५ मिनेट गोप्य कुराकानी भएको माओवादी केन्द्र स्रोतले बताएको छ ।

पछिल्ला दिनमा उत्पन्न विशेष राजनीतिक परिस्थितिलाई जोड्दै आज अध्यक्ष दाहालसँग मन्त्री खाँणले गर्नुभएको विशेष खालको भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।

टिप्पणीहरू