सबै प्रदेशको पहिलो कार्यकालको अन्तिम बजेट आज
सात वटै प्रदेश सरकारले पाँच वर्षे कार्यकालको अन्तिम बजेट आज सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार असार १ गते नै बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानका आधारमा उनीहरूले आज बजेट घोषणा गर्न लागेका हुन् ।
विभिन्न कार्यक्रम र योजनालाई समेटेर ल्याउन खोजिएको अधिकांश प्रदेश सरकारको बजेट निर्वाचनमुखी हुने आकलन गरिएको छ । सबै प्रदेशले चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षको बजेटको रकम बढाउने देखिएको छ ।
संघ र प्रादेशिक निर्वाचन सम्पन्न गर्नुपर्ने संघीय सरकारको दायित्वको कारण पनि बजेट बढ्ने सम्भावना देखिएको हो । आगामी आर्थिक वर्षकालागि प्रदेश नम्बर १ ले ३८ अर्ब, मधेस प्रदेशले ३४ अर्ब २२ करोड र बागमती प्रदेशले ६० अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।
गण्डकी प्रदेशले ३० अर्ब ९६ करोड, लुम्बिनी प्रदेशले ४१ अर्ब, कर्णाली प्रदेशले ३६ अर्ब ५४ करोड र सुदूरपश्चिम प्रदेशले ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका हुन् ।
टिप्पणीहरू