मधेस सरकारले ७७ करोडको ल्यापटप बाँड्ने
मधेस प्रदेश सरकारले “बेटी पढाऊ, बेटी बचाऊ” अभियानको लागि ल्यापटप किन्न ७७ करोड रुपैंया छुट्याएको छ । अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
बजेटमा ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान प्रभावकारी बनाउन र कक्षा ८ का छात्रालाई साइकल खरिदका लागि सोझै छात्राको खातामा अनुदान रकम हस्तान्तरण गरिने उल्लेख छ । प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्याउन एक एक थान ल्यापटपसमेत उपलब्ध गराउने बजेटमा भनिएको छ ।
उक्त कार्यक्रमका लागि ७७ करोड ४० लाख बजेट विनियोजन गरेको जानकारी हिजोको बजेट भाषणमार्फत दिइएको छ ।
टिप्पणीहरू