गभर्नर अधिकारी २६ महिनापछि विदेश भ्रमणमा

गभर्नर अधिकारी २६ महिनापछि विदेश भ्रमणमा

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएको २६ महिनापछि पहिलो पटक विदेश भ्रमणमा जानुहुने भएको छ । उहाँ असार ११ र १२ गते स्वीट्जरल्याण्डमा आयोजना हुने बीआईएसको वार्षिक बैठकमा भाग लिन त्यसतर्फ जान लाग्नुभएको हो ।

अस्ति बसेको क्याबिनेट बैठकले गभर्नरलाई स्वीट्जरल्याण्ड जाने अनुमति दिएको हो । बैंक फर इन्टरनेशनल सेटलमेण्ट्स (बीआईएस) को ९२ औं वार्षिक साधारण सभामा भाग लिन उहाँ असार ९ गते त्यसतर्फ जानुहुने छ ।उहाँ १४ गते स्वदेश फर्कने नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ । कोरोना महामारीका कारण उहाँले पछिल्लो दुई वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक कार्यक्रममा जुमबाट सहभागिता जनाउनुभएको थियो ।

टिप्पणीहरू