हाजिर नगर्ने कर्मचारीलाई तलब नदिने
काठमाडौं महानगरपालिकाले हाजिर भएको दिन गनेर तलब दिने भएको छ । कर्मचारीहरु कार्यालय समयमा उपस्थित नहुने, हाजिर नगर्ने तर तलब बुझ्ने गरेको पाइएपछि महानगरले उक्त निर्णय गरेको हो ।
महानगरले सबै वडा र विभागलाई परिपत्र गर्दै सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड पठाउन निर्देशन दिएको छ । कतिपय कर्मचारीले हाजिर नगरेको पाइएकाले त्यस्तो निर्देशन दिनुपरेको बताइएको छ ।
विभाग/वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देश गरेको हो । अन्यथा असार महिनाको तलब नदिने परिपत्रमा उल्लेख छ ।
टिप्पणीहरू