निवासमा नेताहरु,मन्त्रालयमा भारतीय दूत

निवासमा नेताहरु,मन्त्रालयमा भारतीय दूत

राजनीतिक दलका शीर्ष नेताहरुबीचको भेटघाट र कुराकानीले तीब्रता लिन थालेको छ । हिजो बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग अर्थमन्त्री जनार्दन शर्माले साँझ केहीबेर भेटवार्ता गर्नुभएको थियो ।

त्यस्तै हिजो नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न सूर्य चिन्हबाट चुनाव जितेका ‘स्वतन्त्र सांसद’ तथा पूर्वमन्त्री हृदयेश त्रिपाठी पुग्नुभयो । उहाँ हिजो बिहान बालकोट पुगेर अध्यक्ष ओलीसँग झण्डै डेढ घण्टा बस्नुभएको थियो । कुराकानी आगामी सँसदीय चुनावमा पनि सूर्य चिन्ह लिएर उठ्ने बिषयमा केन्द्रित थियो ।

त्रिपाठी निस्केको झण्डै एक घण्टापछि त्यहाँ पुग्नुभएका पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीसँग मध्यान्ह दुई घण्टा कुराकानी गर्नुभयो । यता, सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाँण र भारतीय दूतावासकी कार्यवाहक राजदूतबीच कुराकानी भएको छ । कार्यवाहक राजदूत नामग्या छोदेन खम्पाले दिउँसो पौने एक घण्टा कुराकानी गर्नुभएको थियो ।

टिप्पणीहरू